मिति २०७५ साल साउन १८ शुक्रबार गने तदनुसार सन् २०१८ अगष्ट ३ का दिन रोटरी क्लब अफ नारायणी मिड टाउनको १५ औं पदस्थापन समारोह भव्य कार्यक्रमका बिच सम्पन्न गरियो । उक्त समारोहमा वर्ष २०१७–१८ का अध्यक्ष रो. अनिल कुमार थपलिया ज्यूले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने
रोटरीयनहरुलाई अवार्ड एंव मायाको चिनो प्रदान गर्नुभयो भने रोटा वर्ष ०१८–१९ का अध्यक्ष रो. दिनुप कुमार बराल ज्यूलाई पद हस्तान्तरण गर्नुभयो ।
कार्यक्रमा अध्यक्ष ज्यूले आफ्नो कार्यकालको बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराउनु भयो। कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रिक ३२९२ का डि.जी रो. चिन्तामणी भट्टराई ज्यू विशिष्ट अतिथि पूर्व डिष्ट्रिक गर्भनर रो.रविन्द्र कुमार पिया ज्यू रहनु भएको थियो । कार्यक्रममा ३५ जना रोटरीयनहरु सहित एनीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमा संयोजक रो.आशिष भण्डारी ज्यू र सह–संयोजक रो. दिपेश श्रेष्ठ ज्यू रहनुभएको थियो ।
अन्य कार्यक्रममा सहभागी
जुलाई १ मा काठमाण्डौमा सम्पन्न भएको डि.जी पदस्थापना कार्यक्रममा यस क्लबबाट ५ जनाको सहभागीता रह्यो ।
२०७५ भाद्र ६ गते मुसहर वस्तीमा वृक्षरोपण कार्यक्रममा ७ जना रोटरियनहरुको सहभागीता,
