रोटरीले निर्माण गरेका चारवटा शौचालय समुदायलाई हस्तान्तरण

Home /रोटरीले निर्माण गरेका चारवटा शौचालय समुदायलाई हस्तान्तरण

रोटरी क्लब अफ नारायणी मिड टाउनले चितवनको माडी–३ स्थित पवाडी टोलमा निर्माण गरेको चारवटा पक्की शौचालय समुयलाई हस्तान्तरण गरेको छ । गत भदौ ३० गते निर्माण सम्पन्न भएका ती चारवटा पक्की शौचालय पवाडी टोलका बाढीबाट विस्थापित समुदायलाई हस्तान्तरण गरेको हो ।माडी–३ का वडाध्यक्षको उपस्थितिमा रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पणा प्रधानले ती शौचालय हस्तान्तरण गरेकी हुन् । बाढीबाट विस्थापित उक्त टोलका ४० घरधुरीका १५० बासिन्दा शौचालय हस्तान्तरणपछि लाभान्वित भएका छन् । त्यहाँका बासिन्दा शौचालय नहुँदा खुल्लारुपमा शौच गर्न वाध्य थिए ।रोटरियन रामचन्द्र लम्सालले संयोजन गरेको उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले शौचालय हस्तान्तरणबाट टोलका बासिन्दालाई स्वस्थ जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा रोटरियन डाक्टर अच्युत पोखरेलको उपस्थित समुदायका व्यक्तिहरुलाई कुष्ठरोगसम्बन्धी जानकारीमूलक प्रस्तुति रहेको थियो ।शौचालय हस्तान्तरण कार्यक्रममा समुदायका बासिन्दालाई दाँत माझ्ने ब्रस, मन्जन, नुहाउने साबुन, शौचालय सफा गर्ने हार्पिक तथा ब्रस वितरण गरिएको थियो । कार्यक्रममा क्बलकी अध्यक्ष प्रधानले मासिक धर्म (महिनाबारी)को समयमा अपनाउनुपर्ने सावधानी र हुनसक्ने संक्रमणबारे जानकारी गराएकी थिइन् । १५ जना रोटरियनहरुको उपस्थिति रहेको सो कार्यक्रममा समुदायका ११० जना वासिन्दाको उपस्थिति रहेको रोटरी क्लब अफ मिड टाउनकी अध्यक्ष प्रधानले जानकारी दिइन् ।